• २०८२ साउन ०२, बिहीबार ( )
टप खबर

अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ताबीच समन्वय हुनुपर्ने गृहमन्त्री लेखकको जिकिर

Lumbinikhabar Online

गृहमन्त्री रमेश लेखकले अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ताबीच ठिक ढङ्गको समन्वय हुनुपर्ने बताएका छन्  ।

प्रहरी प्रधान कार्यालयमा आज आयोजित अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको तेस्रो राष्ट्रिय सम्मेलनमा गृहमन्त्री लेखकले दुई पक्षबीच निरन्तर समन्वय हुन जरुरी रहेको बताए । प्रहरीले सीमित स्रोत र साधनका भरमा धेरै काम गर्नु परिरहेको उनको भनाइ थियो ।

‘सबैभन्दा बढी कामको जिम्मेवारी लिएका सुरक्षा निकायहरू सीमित स्रोत र साधनका भरमा काम गर्नुपरेको छ’, गृहमन्त्री लेखकले भने, ‘सरकारले पर्याप्त ध्यान दिँदै छ, दिन्छ ।’ आगामी आर्थिक वर्ष २०८२/८३ मा तुलनात्मक रूपमा प्रहरीतर्फ बजेट उल्लेखनीय रूपमा वृद्धि भएको उनले जानकारी दिए ।

‘अपराधमा पनि विज्ञानको प्रयोग भइरहेको छ । त्यसो भएकाले हामीले पनि अनुसन्धान र अभियोजनका क्रममा विज्ञानको प्रयोग गर्न जरुरी छ । विज्ञानको प्रयोग भनेको प्रविधिका मार्फत गर्ने हो’, गृहमन्त्री लेखकले भने । विज्ञान र प्रविधिको अधिकतम प्रयोग गरेर अनुसन्धानलाई स्वस्थ, स्वच्छ र भरपर्दो बनाउन जरुरी रहेको उनले बताए।

Tags

छुटाउनु भयो कि ?