काठमाडौं जिल्ला अदालतले दुर्गा प्रसाईंसहित ७ जना अभियुक्तलाई पुर्पक्षका लागि थुनामा पठाउँदा बाँकी ३२ जनालाई भने धरौटी राखेर थुनाबाहिरबाटै मुद्दाको प्रतिवाद गर्ने सुविधा दिएको छ।
जिल्ला न्यायाधीश ध्रुवराज कार्कीको इजलासले तत्काल प्राप्त प्रमाणले कसुरदार होइनन् भन्न नमिले पनि कसुरमा संलग्नताको मात्रा र गाम्भीर्य हेरी ३२ अभियुक्तलाई धरौटीमा छाड्न आदेश गरेको अदालत प्रशासनले जनाएको छ।
अदालतले काठमाडौं महानगरपालिका वडा नं ३२ का हरिहर चौलागाईँ, सन्तोष राजावादी भन्ने सन्तोषकुमार सिलवाल, भीम भन्ने हेमराज थारू र विष्णुजंग बस्नेत भन्ने विष्णु बस्नेतसँग जनही १ लाख रूपैयाँ धरौटी माग गरेको छ।