• २०८२ असार ३०, सोमबार ( )
मनोरन्जन

मिनु शर्मा(सपना) निर्मित फिल्म “मन विनाको धन” को सकियो छायांकन

Lumbinikhabar Online

काठमाडौं । ज्वलेरी व्यवसायी मिनु शर्मा ( सपना ) कार्यकारी निर्मात्री रहेको तथा टंक बुढाथोकीको निर्माण एवं निर्देशित फिल्म ‘मन बिनाको धन’ को सुटिङ सकिएको छ । गायक अशोक दर्जीको मुख्य अभिनय रहेको फिल्मको प्रदर्शनीमार्गस्थित महेन्द्र पुलिस क्लबमा कन्सर्टको दृश्य छायांकन गर्दै इन्डकल्याप गरिएको छ ।

फिल्मको २८ दिनसम्म मुस्ताङ, काठमाडौं र पोखरामा छायांकन चलेको थियो । निर्देशक टंकका अनुसार फिल्मलाई तिहारको समयमा रिलिज गर्ने तयारी भइरहेको छ तर मिति तोकिएको छैन ।

फिल्ममा अशोक दर्जीसँगै सरोज खनाल,सन्तोष पन्त,रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा,बुद्दि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा,पार्वती अधिकारी , उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, बिना राउत, ए।आर बुढाथोकी,बाबु पराजुली,रक्षा श्रेष्ठ,प्रियंका झा,विनय अधिकारी,आर्यन नेपाल,विजय डंगोल लगायत वाल कलाकार साम्राज्ञी थापाको अभिनय रहेको छ । साम्राज्ञी निर्मात्री सपना शर्मा (मिनु))की सुपुत्री हुन , भने उनको यो पहिलो चलचित्र हो । लामो समय देखि ज्वलेरी व्यवसायमा आवद्ध कार्यकारी निर्मात्री सपना शर्मा (मिनु)ले ज्वलेरी व्यवसायलाई काठमाडौं देखि दुवईसम्म फैलाउदै छिन । टिकटकमा लोकप्रिय शर्मा सामाजिक क्षेत्रमा समेत सक्रिय छिन ।

सामाजिक विषयवस्तुमा निर्माण भएको फिल्मलाई टंक बुढाथोकी आफैले लेखेका हुन् भने पटकथा र संवाद शिवम अधिकारीले लेखेका हुन् । फिल्मको निर्माता बिष्णु माया मैनाली रहेकी छिन् । यस्तै जीपी संग्रोैला, बिबेक नेपाल र बिजया पाण्डे सहनिर्मातामा रहेका छन् ।

फिल्ममा टंक बुढाथोकी संगीत,सौरभ लामा र नवराज उप्रेतीको छायांकन,कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी,मित्र डी.गुरुङको सम्पादन र नवराज शर्माको मुख्य सहायक निर्देशन रहेको छ ।

Tags

छुटाउनु भयो कि ?