• २०८२ साउन ०१, बुधबार ( )
टप खबर

मुलुक पुरानो व्यवस्थामा नफर्कने प्रचण्डको जिकिर

Lumbinikhabar Online

माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक पुरानो व्यवस्थामा नफर्कने बताएका छन्।

म्याग्दीकाे अन्नपूूर्ण गाउँपालिका–३ स्थित ज्ञानप्रकाश नमूना माध्यमिक विद्यालयले आज आयोजना गरेको कार्यक्रममा उनले लामो राजनीतिक सङ्घर्ष र जनताको बलबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाबाट मुलुक पछाडि नफर्कने बताएका हुन्। ‘यो व्यवस्थाका कमीकमजोरी सुधार गर्दै अघिबढ्नुपर्छ,’  प्रचण्डले भने, ‘राजनीतिक नेतृत्वले जनतामा निराशा नआउने ढङ्गले काम गर्नुपर्छ।’,

उनले जनताका समस्या बुझ्न आफू घरदौलोमा पुग्न थालेकाे पनि बताए। कालीगण्डकी करिडोर चाँडोभन्दा चाँडो पूरा गर्न  आफ्नातर्फबाट हरसम्भव प्रयास हुने उनकाे भनाई थियाे।

Tags

छुटाउनु भयो कि ?