मनोरन्जन

१२ औं मिस्टर एण्ड मिस एसईई आईकन भव्य रुपमा सम्पन्न

Lumbinikhabar Online

काठमाडौं– मिस्टर एण्ड मिस एसईई आइकन २०२५ (सिजन १२) को  फिनाले शानदार प्रस्तुति सहित सम्पन्न भएको छ।

नवप्रतिभाहरूको उत्साह, मेहनत र कलात्मक क्षमतालाई उजागर गर्ने यस बहुप्रतीक्षित प्रतियोगितामा प्रतियोगीहरूले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।

यस वर्षको निर्णायक मण्डलमा वरिष्ठ शिक्षाविद् कमल किरण कटुवाल, इन्डिया नरुलाज एण्ड कम्पनी, दिल्लीका संस्थापक तथा कार्यक्रम निर्देशक डा. शिखा नरुला र मोडल शारोन लेप्चा बज्राचार्य रहेका थिए। उक्त प्रतियोगितामा सुमी बानियाँको कोरियोग्राफी, इभेन्ट स्ट्रक्चर रिकिस चित्रकार तथा प्रणिमा दाहालको उत्कृष्ट सञ्चालनले कार्यक्रमलाई पूर्णता दिएको थियो ।

उक्त प्रतियोगितामा मिस तर्फ  अग्रिया सिंह विजेता भएको थियो ,भने प्रथम उपविजेता अंकिता रिमाल, द्वितीय उपविजेताः प्रिशा पोखरेल, तृतीय उपविजेता सम्राज्ञी जोशी, चौथो उपविजेता स्वस्तिका कार्की, पाँचौँ उपविजेता सुजिना तामाङ, छैठौँ उपविजेता दीपाली कसौधन, सातौँ उपविजेता प्रश्वी पौडेल, सर्बाधिक लोकप्रिय विजेता श्रीअंशु थापा, पब्लिक च्वाइस विजेता प्रिशा थापा, पब्लिक च्वाइस रुबिना श्रेष्ठ, पब्लिक च्वाइस अंकिता रिमाल भएका थिए ।

साथै, विशेष उपाधिहरू पाउनेहरुमा सर्वाधिक सक्रिय सुप्रिना गुरुङ, मिस क्याटवाक फेछ्चरत लामा, सौन्दर्य र बुद्धि प्रिशा पोखरेल, वर्षको प्रतिस्पर्धी अंकिता रिमाल, सर्वाधिक स्टाइलिश फेछ्चरत लामा, मिस ट्यालेन्ट दीपाली कसौधन, सर्वश्रेष्ठ मुस्कान बिपिना तामाङ, सर्वश्रेष्ठ कपाल सम्राज्ञी जोशी, सर्वश्रेष्ठ छाला तपस्वी श्रेष्ठ, सर्वाधिक अनुशासित इभा शाक्य, सबैभन्दा फोटो–जेनिक सुजिना तामाङ, सर्वश्रेष्ठ भाषण सयुज्जी सुब्बा, सर्वश्रेष्ठ व्यक्तित्व प्रिशा थापा, सर्वश्रेष्ठ नृत्य अग्रिया सिंह, सर्वश्रेष्ठ गायक सम्राज्ञी भण्डारी, सर्वश्रेष्ठ फिगर प्रश्वी पौडेल, सबैभन्दा मिलनसार बिपिशा थापा, मिस कोन्जेनियालिटी आकृति दानी, सबैभन्दा आकर्षक क्रिष्टी विश्वकर्मा,फेशन आइकन सन्ना खनाल, सबैभन्दा परिपूर्ण स्मृति मोक्तान, सामाजिक सेवामा अग्रसर पिंकी शाह, सकारात्मक सोच नेहारिका कार्की, सबैभन्दा योग्य सुमिना स्याङतान तामाङ, सबैभन्दा समयपालक त्रिधिका भुसाल, सबैभन्दा रचनात्मक दीक्षा श्रेष्ठ, सर्वश्रेष्ठ कविता स्वस्तिका कार्की, मिस ब्यूटिफुल रुबिना श्रेष्ठ, सबैभन्दा आकर्षक आँखा आकृति दानी, सर्वश्रेष्ठ प्रस्तुति स्मृति मोक्तान, सबैभन्दा डायनामिक सौम्या पौडेल, ट्यालेन्टसहितको सुन्दरी उर्बिषा पाण्डे, मिस एलेगान्स श्रीअंशु थापा, म्यानेजमेन्ट च्वाइस स्मृति आचार्य, सर्वश्रेष्ठ कन्टेन्ट प्रमोटर श्रेया साह, सबैभन्दा समर्पित सुप्रिना गुरुङ, म्यानेजमेन्ट च्वाइस ऋतिशा श्रेष्ठ सर्वश्रेष्ठ सांगीतिक प्रस्तुति नेशा श्रेष्ठ अर्गनाइजर च्वाइस सौम्या पौडेल, सर्वश्रेष्ठ तेक्वान्दो आकृति थापा, म्यानेजमेन्ट च्वाइस कृतिका पाण्डे, फेसबुक च्वाइस स्वस्तिका कार्की, मल्टिमेडिया च्वाइस स्वस्तिका गुप्ता, इन्स्टाग्राम च्वाइस रुबिना श्रेष्ठ, सबैभन्दा सुन्दर आँखा स्वस्तिका गुप्ता, सामाजिक सहभागिता स्वस्तिका गुप्ता, सबैभन्दा दयालु श्रेया साह, सर्वश्रेष्ठ खाना पकाउने ऋषिका खातीवडा, सर्वश्रेष्ठ प्रस्तुति ज्युल डंगोल, सर्वश्रेष्ठ कला आयुषा श्रेष्ठ, सर्वश्रेष्ठ अभिनय स्वस्तिका गुप्ता भएका थिए  ।

तेस्तै, उक्त प्रतियोगितामा मिस्टर तर्फ प्रेरिल श्रेष्ठ विजेता भएका थिए , भने पहिलो उपविजेता प्रणय बज्राचार्य, दोस्रो उपविजेता उदेश सिलवाल, तेस्रो उपविजेता अशिम बमजन, सर्वाधिक लोकप्रिय विजेता सौभाग्य कुमार, पब्लिक च्वाइस विजेता अनिरुद्र श्रेष्ठ, पब्लिक च्वाइस विजेता संयोग आचार्य भएका थियो । साथै मिस्टर ¥याम्पवाक स्पन्दन श्रेष्ठ, बहुप्रतिभाशाली युहाङ तामाङ, सबैभन्दा फोटो–जेनिक सौगात श्रेष्ठ, मिस्टर परफेक्ट आदित्य बस्नेत, सर्वश्रेष्ठ व्यक्तित्व रुबिन प्रधान, सर्वश्रेष्ठ शरीर बनावट राहुल शाह, सबैभन्दा मिलनसार सम्पन्न ढुंगाना, सर्वश्रेष्ठ नृत्य प्रणय बज्राचार्य, सर्वश्रेष्ठ गायक रौनक महतो, अत्यन्तै बुद्धिमान स्पन्दन श्रेष्ठ, मिस्टर हैंडसम अशिम बमजन, वर्षको प्रतिस्पर्धी सौभाग्य कुमार, सबैभन्दा योग्य उदेश सिलवाल, इन्स्टाग्राम च्वाइस सोनम तामाङ, सर्वश्रेष्ठ कविता प्रेरिल श्रेष्ठ, सर्वश्रेष्ठ भाषण जोनाथन घले, मल्टिमेडिया च्वाइस सौभाग्य कुमार, फेसबुक च्वाइस सौभाग्य कुमार, सर्वश्रेष्ठ चित्रकला सोनम तामाङ, सर्वश्रेष्ठ संगीत वाद्यवादन अनिरुद्र श्रेष्ठ, सर्वश्रेष्ठ अभिनय कोशल मान शाक्य, व्यवस्थापन छनोट संयोग आचार्य, सबैभन्दा समर्पित संकल्प आचार्य, सामाजिक रूपमा संलग्न अविनाश झा, सबैभन्दा दयालु मन चिराग बज्राचार्य को रहेको थियो ।

उक्त कार्यक्रममा विजेताहरूलाई रु. १ लाख प्रदान गरिएको थियो । साथै १३ वटा विभिन्न कलेजहरूमा ५०% छात्रवृत्ति पनि प्रदान गरिएको थियो। त्यसैगरी, उनीहरूले आरि ब्यूटी पोइन्टबाट रु. ३०,००० मूल्य बराबरको निःशुल्क मेकअप कक्षा, सनील आट्र्सद्वारा रु. १०,००० मूल्य बराबरको पोट्र्रेट चित्रकला, र थुप्रै उपहार प्याकहरू पनि प्राप्त गरेका थिए ।

उक्त प्रतियोगितामा वरिष्ठ गायक नारायण थापाले विभिन्न गीत तथा संगीत प्रस्तुत गर्नुभएको थियो । यस प्रतियोगितालाई सफल बनाउन संयोजक शम्भु प्रसाद रेग्मी, इभेन्ट म्यानेजर लोमश बहादुर कार्की, लबिश कुमार कार्की तथा सहायक इभेन्ट म्यानेजर रोशनी कार्कीको विशेष योगदान रहेको थियो ।

विद्यार्थीहरूको अन्तर्निहित प्रतिभा उजागर गर्ने र सौन्दर्य क्षेत्रमा प्रवेश गराउने उद्देश्यले हरेक वर्ष ‘मिस्टर एण्ड मिस एसईई आइकन’ को आयोजना गर्दै आएको आयोजक संस्थाका प्रबन्ध निर्देशक लब बहादुर कार्कीले जानकारी दिनुभयो ।

Tags

छुटाउनु भयो कि ?