• २०८२ साउन ०९, बिहीबार ( )
टप खबर

हाम्रो ध्यान अहिले सरकार तिर छैन्, जनता तिर छ: प्रचण्ड

Lumbinikhabar Online

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार बनाउने र भत्काउने खेलमा माओवादी नरहेको बताएका छन् ।

मध्यपहाडी लोकमार्ग जनजागरण अभियानका क्रममा डडेल्धुरा पुगेका प्रचण्डले पत्रकार सम्मेलन मार्फत आफूहरू सरकारतिर भन्दा जनता तिर बढी केन्द्रीत भएको बताए ।

‘हाम्रो ध्यान अहिले सरकार तिर छैन्, जनता तिर छ । चिन्ता सरकार सुशासनमा असफल भयो, गलत बाटो हिँडिरहेको छ, यसमा मात्रै हो । उनले भने– जनतामाझ जाने र जनताका पक्षमा ध्यान दिने बेला सरकार भत्काउनेतिर लागिन्न्, उल्टो बाटो हिँडिरहेको सरकारको खबरदारी चाहिँ अवश्यै गरिन्छ ।’

सरकार बन्ने र ढल्ने कुराको घटनाक्रम राम्रोसँग बनिनसकेको उनले बताए । प्रचण्डले वर्तमान सरकार आफ्ना गलत गर्नेलाई पनि बचाउने र अरुका सामान्य नाम जोडिएका भएपनि विरोधीलाई छानीछानी कारवाही गर्ने पक्षमा देखिएकोले त्यतातिर पनि ध्यान दिइरहेको बताए ।

नेपालमा भारत र चीनका नेताहरूको दौडधुपबारे प्रचण्डले सगरमाथा संवाद केन्द्रीय आगमन भएकोले अन्यथा लिन नहुने बताए । सरकारले बोलाइएको हुनाले आएका हुन्, चिनबाट मात्रै होइन्, भारत र अन्य देशबाट पनि धेरैको सहभागिता संवादमा भएको होला, यसलाई अन्यथा लिनु हुँदैन उनले थपे ।

उनले छिमेकी हुनुको नाताले अझ धेरै आका होलान्, त्यसलाई त्यसरी नै बुझौँ । वाम एकता बारे पत्रकारले सोधेको प्रश्नमा उनले २०८४ को चुनावसम्म संभावना नरहेको बताए ।

Tags

छुटाउनु भयो कि ?