• २०८२ साउन ०९, बिहीबार ( )
टप खबर

निरन्तर वर्षाका कारण नारायणघाट–बुटवल सडक अवरुद्ध

Lumbinikhabar Online

गए रातिदेखि निरन्तर भइरहेको वर्षाका कारण पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटवल सडक अवरुद्ध भएको छ।

सडक विस्तारका क्रममा रहेको यस सडकको दाउन्ने क्षेत्रमा निरन्तरको वर्षाका कारण सडकमा सवारीसाधन चिप्लिन थालेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए।

गएरातिदेखि परेको पानीका कारण सडक चिप्लो भएर पूर्ण रूपमा अवरुद्ध हुँदा यो सडक भएर यात्रा गर्ने सम्पूर्ण यात्रुलाई वैकल्पिक सडकबाट यात्रा गर्नसमेत आग्रह गरे।

सडक विस्तारको कामलाई तीव्र पार्न दाउन्ने खण्डमा राति ११ बजेदेखि बिहान ५ बजेसम्म दैनिक रूपमा सडक पूर्ण रूपमा बन्द गरिँदै आएको छ।

Tags

छुटाउनु भयो कि ?