मनोरन्जन

मदन कृष्ण श्रेष्ठको‘मनमा पापको ‘प’ पनि’मा स्वर/ संगीत यमन र निर्देशन रिन्कुको (भिडियो)

Lumbinikhabar Online

मदन कृष्ण श्रेष्ठको ‘मनमा पापको ‘प’ पनि’ बोलको गीतको म्यूजिक सार्वजनिक भएको छ ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा श्रेष्ठको ७५ औं जन्मदिनको अवसर पारेर उक्त म्यूजिक भिडियो सार्वजनिक गरिएको हो ।

म्यूजिक र शब्द मदन कृष्ण श्रेष्ठ आफैको रहेको गीतमा यमन श्रेष्ठ र मदन कृष्ण श्रेष्ठ आफैले आवाज दिएका छन् ।

साथै अभिनय पनि बाबु छोराले नै गरेका छन्  । भिडियोको निर्देशन मदनकृष्ण श्रेष्ठकै बुहारी  रिंकु बज्राचार्य श्रेष्ठले गरेकी छन् । श्रेष्ठ परिवार नै गीत संगीतमा सक्रिय रहेका छन ।

मदनकृष्णका छोरी सराना श्रेष्ठ पनि कुशल गायिका एवं निर्देशक हुन ।

Tags

छुटाउनु भयो कि ?