• २०८२ साउन ११, शनिबार ( )
News in Nepali

नवराज विकसहित ६ जनाको हत्या प्रकरणमा २४ जनालाई जन्मकैदको फैसला सदर

Lumbinikhabar Online

उच्च अदालत सुर्खेतले रुकुम पश्चिमको चौरजहारी नगरपालिका सोतीगाँउमा २०७७ जेठ १० गते भएको नवराज विकसहित ६ जनाको हत्या प्रकरणमा २४ जनालाई जिल्ला अदालत रुकुम पश्चिमले गरेको जन्मकैदको फैसला सदर गरेको छ।

न्यायाधीशद्वय सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीको इजलासले जन्मकैद भएका सबैको सजाय सदर गरेको हो। उनीहरूविरुद्ध जातीय छुवाछुत अभियोगको कसुरमा भने सबैलाई सफाइ दिँदै ‘केही उल्टी’ हुने फैसला भएको छ।

यस्तै नवराज विककी प्रेमिका भनिएकी (घटना हुँदा नाबालिग) किशोरी र उनकी आमालाई पनि उच्च अदालतले सफाइ दिएको छ।

जिल्ला अदालत रुकुम पश्चिमले २०८० मंसिर १९ गते जातीय विभेदकै कारण गाउँलेले विकसहित ६ जना युवकलाई कुटपिट गरी हत्या गरेको ठहर गर्दै वडाअध्यक्ष डम्बरबहादुर मल्लसहित २४ जनालाई जन्मकैदको सजाय सुनाएको थियो। यस्तै किशोरी र उनकी आमालाई २ वर्ष कैद र ५० हजार रुपैयाँ सजाय सुनाएको थियो।

Tags

छुटाउनु भयो कि ?