जिल्ला अदालत काठमाडौँले तीनकुने घटनाका आरोपी २४ जनालाई थप ३ दिन हिरासतमा राख्न अनुमति दिएको छ।
न्यायाधीश ध्रुवराज कार्कीको इजलासले दुर्गा प्रसाई, रवीन्द्र मिश्रलगायत २४ जनालाई राज्यविरुद्धको कसुरमा अनुसन्धान गर्ने प्रयोजनका लागि हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहराले जानकारी दिए।
गत चैत १५ गते काठमाडौँको तीनकुनेमा प्रसाई र मिश्र नेतृत्वको समूहले विध्वंस मच्चाउँदा २ जनाको ज्यान गएको थियो भने धेरै घर, प्रतिष्ठान, सवारी साधन लगायतको सम्पत्ति तोडफोड र आगजनी गरेको थियो।