राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सहमहामन्त्री सुमना श्रेष्ठले पदबाट राजीनामा दिएकी छिन् ।
श्रेष्ठले चैत्र १७ गते नै सभापति रवि लामिछानेलाई आफ्नो राजीनामा बुझाएको भए पनि आज कुरा बाहिर आएको हो ।
राजीनामा बुझाउनु अघि श्रेष्ठ र सभापति लामिछानेबीच लामो संवाद र कुराकानी भएको थियो । उनले पार्टीमा एक व्यक्ति एक जिम्मेवारी हुनुपर्ने भन्दै सभापति लामिछानेलाई राजीनामा पत्र बुझाएको उनको सचिवालयले बताएको छ ।
कुराकानीमा नयाँ पुस्ता पार्टी रूपान्तरणको पक्षमा भएकाले एक व्यक्ति र एक पद हुनुपर्ने भन्दै सभापतिलाई कन्भिन्स गराएर आफूले राजीनामा पत्र बुझाएकी थिइन्।
एक व्यक्ति एक पदको विषयमा सभापति लामिछाने पनि कन्भिन्स भएर केन्द्रीय समिति बैठकले यसको निर्णय गर्ने भन्दै दुई नेताहरूको बीच छलफल भएको थियो । यस विषयमा आज बस्ने केन्द्रीय समिति बैठकमा छलफल हुनेछ । केन्द्रीय समिति बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्नेछ । श्रेष्ठको राजीनामा कार्यवाहक सभापति डीपी अर्यालसँग रहेको बताइएको छ ।