नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वर्तमान सरकार समर्थनका लागि योग्य नभएको बताएका छन्।
शर्माले गर्नुपर्ने निर्णयमा बिलम्ब गर्ने र नगर्नुपर्ने निर्णयमा हतारो गर्ने सरकारको प्रवृत्ति समर्थनका लागि योग्य नभएको बताएका हुन्।
कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारको आलोचना गरिरहेका बेला अर्का महामन्त्री शर्माले पनि सरकारको आलोचना गर्दै समर्थनमै प्रश्न उठाएका हुन्।
‘नगर्नुपर्ने निर्णयमा हतारो/गर्नुपर्ने निर्णयमा बिलम्ब, सरकारको यो प्रवृत्ति समर्थन योग्य छैन,’ उनले भने, ‘मुख्य दुईदल सम्मीलित सरकारको गति संतोषजनक भएन।’
वर्तनमान केपी ओली नेतृत्वको सरकार शर्माकै पार्टी नेपाली कांग्रेसको मुख्य समर्थनमा बनेको हो। शर्माले कमजोरीबारे समीक्षा गरेर सरकारको कामको गति बढाउनुपर्ने बताएका छन्।
उनले भनेका छन्, ‘कमजोरी केलाउँ, लय मिलाउँ, गति बढाउँ। सरकार अलमल बाहिर अनुभूतिमा भेटिनुपर्छ। सरकार चल्नुपर्छ, तर कार्यशैली बदल्नुपर्छ।’