• २०८२ बैशाख १५, सोमबार ( )
टप खबर

रवि लामिछानेको मुद्दामा सर्वोच्चद्वारा कैफियत प्रतिवेदन झिकाउन आदेश

Lumbinikhabar Online

सहकारी ठगी प्रकरणमा मुछिएर भैरहवा जेलमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको मुद्दामा सर्वोच्च अदालतले कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको छ ।

सर्वोच्‍च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा आइतबार सुनुवाइ सकिएपछि यस्दो आदेश भएको हो । सर्वोच्चले उच्च अदालत तुलसीपुर बुटवल इजलासले गरेको आदेशको आधार प्रमाण र कारणसहितको कैफियत प्रतिवेदन झिकाउने आदेश गरेको हो ।

उच्च अदालत तुलसीपुर बुटवल इजलासले बुटवलस्थित सुप्रिम सहकारी संस्थाको बचत रकम हिनामिना प्रकरणमा गत चैत २२ गते लामिछानेलाई पुर्पक्षको लागि कारागार पठाउने आदेश दिएको थियो ।

उक्त आदेशविरुद्ध रवि गत शुक्रबार सर्वोच्च गएका थिए । सर्वोच्चले उच्चको आदेशसम्बन्धी प्रतिवेदन झिकाइसकेपछि मात्रै यो मुद्दामा अन्तिम आदेश दिने भएको छ ।

Tags

छुटाउनु भयो कि ?