• २०८२ बैशाख ०५, शुक्रबार ( )
टप खबर

कांग्रेस नभएको भए देशै नरहने स्थिति पनि हुन सक्थ्यो : गगन थापा

Lumbinikhabar Online

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिले कांग्रेसविरुद्ध ठुलो आक्रमण भइरहेको टिप्पणी गरेका छन्।

उनले भने, ‘बाहिर बसेको मान्छेहरू आएका छन्, हामीलाई हिजोको मण्डलेलाई गरेको जस्तो व्यवहार गरेका छन्। एउटा आएको छ ठोक्दिएको छ। यसमा सबैले ध्यान दिनुपर्छ।’

शनिवार धनकुटामा आयोजित कार्यक्रममा सम्बोधन गर्दै गगनले यस्तो बताएका हुन्।

पञ्चायतविरुद्ध सुवर्ण शमशेरको नेतृत्वमा कांग्रेसले चलाएको सशस्त्र क्रान्ति जित्ने अवस्था रहेका बेला भारत -चीन युद्ध सुरु भएपछि देशको खतरालाई हेरेर कांग्रेस ब्याक भएको पनि गगनले सम्झिए।

त्यति बेला बिपी कोइरालाले आफू जेल परेर भए पनि दूरदर्शिता नदेखाएको भए देश नरहन पनि सक्थ्यो,’ गगनले भने।

थापाले अब कांग्रेसको कार्यक्रममा राष्ट्रिय झन्डा पनि चार तारे झन्डा जत्तिकै बोकेर हिँड्नुपर्ने तर्क अघि सारेका छन्।

‘अहिले हुँदा हुँदा पुरानो सुतिसकेको मान्छे आएर राष्ट्रिय झन्डा बोकेर आएको छ,’ गगनले भने,‘मैले त भन्दिया छु, पार्टीको कार्यक्रममा जति कांग्रेसको झन्डा छ त्यति नै राष्ट्रिय झन्डा बोकेर हिँड्नुपर्छ अब।’ राष्ट्रिय झन्डा पनि कांग्रेसकै कारण जीवित रहेको गगनले दाबी गरे । ‘झन्डा हाम्रो हो त्यो। अहिले आएर राष्ट्रवादी भन्या छ, मण्डले आएर हाम्रो हो भनेर बोकेर हिँड्या छ। हामीले बनाएको हो नि। कांग्रेस नभएको भए देशै नरहने स्थिति पनि हुन सक्थ्यो,’ गगनले भने।

Tags

छुटाउनु भयो कि ?