प्रधानमन्त्री केपी शर्मा ओलीले गत चैत १५ गते भएको राजावादीको प्रदर्शनमा भएको विध्वंशको चर्को आलोचना गरेका छन्।
शनिबार झापामा अयोजित नेकपा एमालेको जागरणसभालाई सम्बोधन गर्दै उनले राजावादीहरु लक्षित कटा कटाक्षसमेत गरे।
राजावादीलाई प्रधानमन्त्री, मन्त्री बनाउनु भन्दा पशुपतिका बाँदरलाई मन्त्री बनाउनु राम्रो भएको टिप्पणी समेत उनले गरे। ‘राजा फर्काउने अरे,’
ओलीको भनाइ छ, ‘राजा फर्काएपछि ती प्रधानमन्त्री, मन्त्री बन्ने अरे। तिनीहरुलाई भन्दा त पशुपतिका बाँदरलाई मन्त्री बनायो भने अलिकति राम्रो हुन्छ।’
प्रधानमन्त्री ओलीले तोडफोड, आगजनी जस्ता कुरा अब स्वीकार्य नहुने समेत चेतावनी दिए।