• २०८२ बैशाख ०५, शुक्रबार ( )
टप खबर

काठमाडौँको वायु प्रदूषण घट्यो, हाल १८ औँ स्थानमा

Lumbinikhabar Online

वर्षापछि काठमाडौँको वायु प्रदूषण घटेको छ। काठमाडौँ उपत्यकमा दुई दिनदेखि भइरहेको सामान्य वर्षाको कारण वायु प्रदूषण कम भएको हो।

काठमाडौँमा बुधबार दिउँसोदेखि छिटपुट वर्षा सुरु भएको थियो। बिहीबार पनि काठमाडौँमा सामान्य वर्षा भएको छ। यसले काठमाडौँको वायु प्रदूषण घटेको हो।

मंगलबारसम्म वायु प्रदूषण मापनमा विश्वमै पहिलो स्थानमा रहेको काठमाडौँ उपत्यका आज १८ औँ स्थानमा झरेको छ।

विश्वभरको वायु गुणस्तर मापन गर्दै आएको ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार शुक्रबार बिहान साढे ५ बजेको मापन अनुसार काठमाडौँको समग्र एक्यूआई ९९ छ। हिजो बिहान यही सयममा एक्यूआई १५२ थियो।

यतिबेला वायु प्रदूषणको दृष्टिले कुबेत पहिलो र इराकको बग्दाज दोस्रो स्थानमा छन्। त्यसैगरी चीनको बेइजिङ तेस्रो स्थानमा छ। कुबेतको एक्यूआई यतिबेला ३९९७, बग्दादको ९४८ र बेइजिङको १६० छ।

Tags

छुटाउनु भयो कि ?