नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधान लेख्दै गर्दा आफ्नो मत संविधानमा धर्मनिरपेक्षता लेख्नु हुँदैन भन्ने रहेको खुलाएका छन्।
बिहीबार नेपाली कांग्रेसको दोस्रो प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै उनले यसमा केही सम्झौता गरिएको उल्लेख गरे।
‘संविधान लेख्दै गर्दा धर्मनिरपेक्षता लेख्नु हुँदैन, संविधानमा धार्मिक स्वतन्त्रता लेख्नुपर्छ भन्ने मेरो मत थियो,’ थापाले भने, ‘म मस्यौदा समितिको सदस्य थिएँ। त्यो मैले भित्र राखेको मत थियो। लिखित मत थियो। धार्मिक स्वतन्त्रता भएको देश हो नेपाल, जहाँभित्र फरक–फरक धर्म अभ्यास गर्ने खालका हामी मानिस छौं भन्ने कुरा रहनुपर्छ भन्ने थियो। तर, एउटा विषय राखेर आयो। यो एउटा खालको कम्प्रमाइज थियो।’