• २०८२ असोज ०५, आइतबार ( )
टप खबर

सेनिटरी प्याड खरिदमा भ्रष्टाचार आरोपमा तत्कालीन अधिकारी विरुद्द मुद्दा दायर

Lumbinikhabar Online

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको कलैया उपमहानगरपालिकामा सेनिटरी प्याड खरिदमा भ्रष्टाचार भएको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतलगायतका अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आर्थिक वर्ष २०७७–७८ र आव २०७८–७९ का लागि सेनिटरी प्याड खरिदमा प्रतिप्याकेट ७९ दशमलव एक रुपैयाँ कायम गरी ठेक्का गरिएको थियो ।

आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रह्लादप्रसाद वर्णवाल, शिक्षा अधिकृत विजय अधिकारी, जिन्सी प्रमुख राजेश ठाकुर र लेखा अधिकृत दिव्या सर्राफविरुद्ध ५१ लाख ९९ हजार एक सय २० रुपैयाँ बराबरको बिगो माग दाबी गरी मुद्दा दायर गरेको जनाएको छ ।

यस्तै, आयोगले सागरदेवी फर्मा हेटौँडा तथा त्यसका सञ्चालक विमलेश साहविरुद्ध पनि समान बिगो दाबी माग गरेको छ । आयोगले सरकारी कर्मचारीसँग मिलेमतो गरी गैरकानुनी लाभ हासिल गरेको  सञ्चालक साहविरुद्ध पनि आरोप लगाइएको छ ।

आरोपी सबैलाई बिगो बमोजिम कारवाहीको माग गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।

Tags

छुटाउनु भयो कि ?