पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना माग पुरा नभएसम्म सरकारलाई नछोड्न आन्दोलित शिक्षकहरुलाई आग्रह गरेका छन्।
‘जबसम्म तपाईंहरुको माग पुरा हुँदैन, तपाईंहरू सरकार नछोड्नुहोस्,’ आइतबार काठमाडौँमा आयोजित नेवा मुक्ति मोर्चाको कार्यक्रममा उनले भने, ‘कहिले सिठी बजाउनुहोस्। के गर्नुपर्छ गर्नुहोस्, हामी तपाईंहरुको साथमा छौं।’
बिमा बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले जनशक्ति र प्रयाप्त बजेट नहुँदा असार मसान्तसम्म २४ अर्ब रकम भुक्तानी हुन बाँकी हुने जनाएका छन्। कार्यकारी अध्यक्ष काफ्लेले बोर्डमा १ अर्ब मात्र रकम छ तर, भुक्तानी गर्न बाकीँ १६ अर्बभन्दा बढी हुँदा बिमा कार्यक्रम चलाउन समस्या भएको बताएका छन्। ‘मासिक करिब २ अर्ब रकम सेवा प्रदायकबापत खर्च हुन्छ। आम्दानीभन्दा खर्च १५ गुणा बढी छ ‘ उनले भने।