टप खबर

रवि पक्राउ परेपछि रास्वपा कार्यवाहक सभापतिको जिम्मेवारी डिपी अर्याललाई

Lumbinikhabar Online

सभापति रवि लामिछाने पक्राउ परेपछि बसेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सचिवालयको भर्चुअल बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डिपी अर्याललाई दिएको छ ।

शुक्रबार उच्च अदालत तुलसीपुर बुटवल इजलासले गरेको फैसलालाई कानुनको एक तहको निर्णयका रुपमा बुझ्दै रास्वपाले शनिबार दिउँसो २ बजे चितवनको भरतपुरमा गर्न लागेको जानयात्रा सभालाई सफल बनाउने निर्णयसमेत गरेको छ ।

रास्वपाले अदालतको फैसलापछि प्रहरीले घरभित्र पसेरै पूर्जी लेख्ने अनौठो अभ्यास गरेको भन्दै यो गैरकानुनी भएको ठहर गरेको छ । यो कुरा विधिको शासनमा क्षम्य हुन नसक्ने रास्वपाको निर्णयमा उल्लेख छ ।

Tags

छुटाउनु भयो कि ?