टप खबर

रवि लामिछाने पक्राउ, आज रूपन्देही लगिने

Lumbinikhabar Online

पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पक्राउ परेका छन्।

सहकारी ठगी र संगठित अपराधसम्बन्धी मुद्दा झेलिरहेका उनी शुक्रबार साँझ काठमाडौंको हात्तीगौंडास्थित निवासबाटै पक्राउ परेका हुन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त महाराजगन्जबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।

उनलाई शुक्रबार एक रात जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिने र शनिबार रूपन्देही जिल्ला अदालत पु¥याउने बताइएको छ।

जिल्ला अदालत रूपन्देहीको फैसलाविरुद्ध उच्च अदालत तुलसीपुर बुटवल इजलासमा पुनरावेदन दिएका रविलाई शुक्रबार थुना पठाउने आदेश उच्च अदालत बुटवलले दिएको थियो। उक्त आदेशलगत्तै रविलाई पक्रन प्रहरी परिचालन भएको थियो।

Tags

छुटाउनु भयो कि ?