टप खबर

तीनकुनेमा मारिएका दुई युवाका परिवारलाई सरकारले १०/१० लाख दिने

Lumbinikhabar Online

सरकारले यही चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी प्रदर्शनमा मारिएका दुई युवाका परिवारलाई १०/१० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।

गृहमन्त्रीस्तरीय बैठकले मृतकका परिवारलाई क्षतिपूर्ति स्वरुप उक्त रकम दिने निर्णय गरेको गृहमन्त्री रमेश लेखकको सचिवालयले जनाएको छ ।

तीनकुने प्रदर्शनमा प्रहरीको गोलीबाट कीर्तिपुरका २९ वर्षीय सविन महर्जन मारिएका थिए भने एभिन्युज टेलिभिजनका क्यामेरापर्सन सुरेश रजकको जलेर निधन भएको थियो । दुवै जनाको शवको पोस्टमार्टम गरी दाहसंस्कार समेत गरिएको छ ।

Tags

छुटाउनु भयो कि ?