• २०८१ चैत २२, शनिबार ( १९:३३:५७)
टप खबर

ज्ञानेन्द्र शाह ‘नालायक’, तीनकुने घटनाको योजनाकार ज्ञानेन्द्र हुन्: शंकर पोखरेल

Lumbinikhabar Online

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘नालायक’ भन्दै काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनबारे नबोलेको भन्दै टिप्पणी गरेका छन्। पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले तीनकुने घटनाको जिम्मा पूर्वराजाले नै लिनुपर्ने बताएका हुन्

‘१५ गते तीनकुनेमा भएको घटनाको मुख्य योजनाकार पूर्वराजा ज्ञानेन्द्र नै हुन् अरु त मतियारमात्रै हुन्।
दुई जना युवाको ज्यान गयो। यसको कमान्डर दुर्गा प्रसाईं थिए,’ उनले भने, ‘ज्ञानेन्द्रले नै निर्मल निर्वास बोलाएर प्रसाईंलाई कमान्डर तोकेका हुन्। त्यसकारण त्यहाँ प्रसाईं र अरुले जे गरे पनि त्यो ज्ञानेन्द्र शाहकै निर्देशनमा भएको हो। राप्रपाको पनि होइन।’

उनले बंगलादेशको नक्कल गर्दा व्यवस्था पल्टिन्छ भन्ने भ्रम छरेर दुर्गा प्रसाईंलाई परिचालन गरिएको आरोप पनि लगाए।

Tags

छुटाउनु भयो कि ?