• २०८१ चैत २२, शनिबार ( १९:०४:५९)
टप खबर

राजावादी प्रदर्शनमा सहभागी नहुन नागरिकलाई सरकारको अपिल

Lumbinikhabar Online

सरकारले राजावादीहरूको समूहले आयोजना गर्ने कुनै प्रदर्शनमा सहभागी नहुन आम नागरिकलाई अपिल गरेको छ ।

मंगलबार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले राजावादी समूहको अराजक प्रदर्शनमा सहभागी नहुन अपिल गरेका हुन् ।

‘यस किसिमको अराजक गतिविधिहरूमा संलग्न नहुन आम नागरिकहरूमा नेपाल सरकार हार्दिक अपिल गर्दछ,’ गत शुक्रबार तीनकुनेमा घटेको घटनाबारे जानकारी गराउँदै उनले भने ।त्यस्तै, प्रदर्शनका क्रममा घाइते भएकाको उपचार सरकारले गर्ने निर्णय भएको उनले जानकारी दिए ।
घटनामा घाइते भएकाहरूको उपचारको व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई जिम्मेवारी दिने निर्णय मन्त्री गुरुङले जानकारी दिए ।

Tags

छुटाउनु भयो कि ?