टप खबर

दुर्गा प्रसाईंले भने : म भागेको छैन, भाग्ने छैन

Lumbinikhabar Online

संयुक्त जनआन्दोलन समिति’ का ’जनकमान्डर’ दुर्गा प्रसाईंले आफू नभागेको अभिव्यक्ति दिएका छन्।

आइतबार सामाजिक सञ्जाल फेसबुक लाइभमा आएर उनले आफूलाई देख्ने बित्तिकै गोली हान्ने प्रधानमन्त्रीको निर्देशन भएको हुँदा सुरक्षित बसेको बताएका हुन्।

उनले भने,’म भागेको छैन, भाग्ने छैन। पुलिस प्रशासनले मलाइ खोज्नु पर्दैन। मलाई गुन्जालो बनाएर यो अभियान दबाउन कोसिस गरिएको छ। म सुरक्षित मात्र बसेको हुँ। मलाई भेटेको ठाउँमा गोली हान्नु भन्ने प्रधानमन्त्रीको आदेश छ भनेर सुरक्षित बसेको छु। म भागेको छैन। म नेपाल र नेपाली छोडेर भाग्ने छैन। म भाग्न जन्मेको होइन्। म झुक्न जन्मेको होइन। म बरु मर्छु, तपाईँहरूकै अगाडि मर्छु।’

Tags

छुटाउनु भयो कि ?