म्यानमारमा शुक्रबार गएको ७ दशमलव ७ म्याग्निच्यूडको भूकम्पका कारण अहिलेसम्म ज्यान जानेको सङ्ख्या १४४ पुगेको छ।
सयौं बेपत्ता छन् भने हजारौं सर्वसाधारण सडकमा अलपत्र परेका छन्। अहिले उद्धार कार्य जारी छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार लगातार भूकम्पले भत्किएका घरबाट मानिसलाई बाहिर निकाल्ने काम भइरहेको छ।
म्यानमारको भूकम्पको धक्का थाइल्यान्ड र चीनमा मात्र नभएर भारतमा महसुस गरिएको थियो। सबै भन्दा धेरै क्षति मान्डल्यका सहरमा भएको छ। भूकम्पपछि मानिसको भाग दौड मच्चिएको थियो। घर भत्किएपछि सडकमा हुनेहरू रोइरहेको दृश्य देखिएको छ।
घर भत्किएर थिचिएकाले अस्पताल भरिएका छन्। धेरै जना हृदय घातको सिकार भएको जनाइएको छ। डेब्रिसको पहाडी क्षेत्रमा पनि दर्जनौँ मजदुर पुरिएका छन्।
सङ्कटको समयमा एमनेस्टी इन्टरेनसले राहत वितरणको क्रममा राजनीतिकरण हुने त्रास व्यक्त गरेको छ। पूर्वी तथा दक्षिण पूर्वी एसिया प्याफिककी सह निर्देशकले सो आशङ्का व्यक्त गरेकी हुन्।