• २०८२ असार २९, आइतबार ( )
खेलकुद

क्रिकेट टोलीको प्रमुख प्रशिक्षकमा अस्ट्रेलियन क्रिकेटर स्टुअर्ट ल नियुक्त

Lumbinikhabar Online

नेपाली क्रिकेट टोलीको प्रमुख प्रशिक्षकमा चर्चित अस्ट्रेलियन क्रिकेटर स्टुअर्ट ल नियुक्त भएका छन् ।

नेपाल क्रिकेट संघले शुक्रबार एक विज्ञप्ति निकाल्दै यसबारे जानकारी दिएको हो । क्यानले स्टुअर्ट ललाई आगामी दुई वर्षको लागि नेपाली क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त गरेको जनाएको छ।

क्यानका अनुसार, प्रमुख प्रशिक्षक पदका लागि विश्वभरबाट ७० जनाले आवेदन दिएका थिए। ती आवेदनहरू मध्येबाट उत्कृष्ट १० जनाको नाम सर्टलिस्ट गरिएको थियो । क्यानले ती १० जनामध्येबाट अन्तर्वार्ता लिई स्टुअर्टलाई छनोट गरेको हो।

नयाँ प्रशिक्षकको छनोट प्रक्रियामा अघिल्लो कार्यकालका केही प्रशिक्षकहरूले समेत पुनस् आवेदन दिएका थिए । मोन्टी देसाई बिदा भएपछि अब नेपाली टोली सम्हाल्न चर्चित अस्ट्रेलियन क्रिकेटर आउने भएका हुन् ।

Tags

छुटाउनु भयो कि ?