• २०८१ चैत १८, मंगलबार ( )
टप खबर

राप्रपा उपाध्यक्ष मिश्र र महामन्त्री राणा पक्राउ

Lumbinikhabar Online

स्वागत नेपालसहित थप ३ जना पक्राउ

काठमाडौँ: राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा पक्राउ परेका छन् ।

उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको बताइएको छ । दुबैलाई अहिले टेकु लगिएको छ ।

प्रदर्शनमा सक्रिय अधिवक्ता स्वागत नेपालसहित थप ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्वागत नेपाल, सेफर्ड लिम्बु र सन्तोष तामाङ छन् ।

शुक्रबार दिउँसो राजावादीको प्रदर्शन हुँदा २ जनाले ज्यान गुमाएका थिए भने व्यापक तोडफोडको घटना भएको थियो । उक्त प्रदर्शनमा राजा र मिश्रसहितका राप्रपाका नेताहरु पनि सहभागी थिए ।

दुर्गा प्रसाईं मुख्य आयोजक भएको उक्त कार्यक्रममा राजावादी समूहहरुको संयुक्त मोर्चा पनि सहभागी थियो ।

Tags

छुटाउनु भयो कि ?