• २०८१ चैत १८, मंगलबार ( )
टप खबर

दुर्गा प्रसाईं मोबाइल अफ गरेर सम्पर्कविहीन, पक्राउ गर्न खोज्दै प्रहरी

Lumbinikhabar Online

राप्रपाका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल शम्शेर जबरा पक्राउ परेका छन् । आन्दोलनका नाममा अराजक गतिविधि गरेको आरोपमा उनीहरुलाई काठमाडौं प्रहरी परिसरले पक्राउ गरेको हो । केएमसी अस्पतालबाट घाइते भेटेर फर्कने क्रममा उनीहरुलाई पक्राउ गरिएको बताइएको छ ।

त्यस्तै राजावादी समर्थक स्वागत नेपाल पनि पक्राउ परेका छन् । भने राजावादीका संयोजक नवराज सुवेदीलाई घरमै निगरानीमा राखिएको छ ।

यस्तै राजावादी आन्दोलनका ‘जनकमान्डर’ दुर्गा प्रसाईंलाई प्रहरीले खोजिरहेको छ । तर पक्राउ पर्ने सुचना पाए लगत्तै प्रसाईं मोबाइल अफ गरेर सम्पर्कविहीन भएका छन् ।

काठमाडौंको तीनकुनेमा अराजक प्रदर्शन गर्न लगाएर उनी कार्यक्रमस्थलबाट सुटुक्क गाडी चढेर भागेका थिए । त्यसपछि आफूलाई पक्राउ गर्न आउँन नपर्ने, आफू नै जहाँ बोलाउँछौं त्यहीँ आउँछु भनी प्रहरीलाई चुनौती दिएका प्रसाईं त्यसलगत्तै सम्पर्कविहीन भएका छन् । उनलाई प्रहरीले खोजी रहेको छ ।

Tags

छुटाउनु भयो कि ?