काठमाडौं: राजसंस्था पुनर्स्थापनका लागि बनेको संयुक्त जनआन्दोलन समितिका जनकमाण्डर दुर्गा प्रसाईंले आजको आन्दोलनमा नेपाल सरकारले एक युवाको हत्या गरेको बताएका छन् ।
आजको अप्रिय अवस्था सरकारकै दमनले गर्दा उत्पन्न भएको उनको आरोप छ ।
‘जहाँ बेलाउँछौ त्यहीँ आउँछु, म थुनिएर आन्दोलन रोकिदैन’
उनले आफूलाई पक्राउ गर्न प्रहरी आइरहनु नपर्ने बताएका छन् । प्रहरीले जहाँ बोलाउँछ त्यहीँ आउने उनको भनाइ छ ।
सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले भनेका छन्, ‘साथीहरु भर्खरै मलाई पक्राउ गर्ने बारेको सुचना प्राप्त भएको छ । मलाई पक्राउ गर्न प्रहरी आइरहन पर्दैन, जहाँ बोलाउछौ त्यही आउँछु । अब म थुनिएर आन्दोलन रोकिदैन किन कि दुर्गा अब व्यक्ती हैन बिचार हो, अभियान हो ।’