राजनीति

कुलमानको बर्खास्तीबारे प्रधानमन्त्रीले संसद्‌मा जवाफ दिने

Lumbinikhabar Online

प्रधानमन्त्री केपी शर्मा ओलीले यही चैत १८ गते बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् । शुक्रबार सभामुख देवराज घिमिरेसहित प्रमुख प्रतिपक्ष, प्रतिपक्ष र सत्तापक्षीय दलका प्रमुख सचेतकहरूबीचको छलफलमा यस्तो सहमति जुटेको हो ।

सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बदर्खास्त गरेको थियो । बर्खास्तीसँगै प्रतिपक्ष दलहरूले सदनमा अवरोध सिर्जना गर्दै संसद अवरुद्ध पारेका छन् । उनीहरूले यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले चित्तबुझ्दो जवाफ दिएमात्रै सदनको अवरोध हटाउने बताएका थिए ।

सरकार पक्षले भने सम्बन्धित मन्त्री र उपप्रधानमन्त्रीले सरकारको तर्फबाट उक्त विषयमा जवाफ दिने प्रस्ताव गरेको थियो । तर प्रतिपक्ष दलहरूले प्रधानमन्त्रीले जवाफ दिनुपर्ने भन्दै संसद अवरुद्ध पार्दै आएका छन् ।

उनीहरूले यस विषयमा प्रधानमन्त्री ओलीले चित्तबुझ्दो जवाफ दिएपछि मात्र सदनको अवरोध हटाउने बताएका छन् । सत्तापक्षले भने सम्बन्धित मन्त्री र उपप्रधानमन्त्रीले सरकारका तर्फबाट उक्त विषयमा जवाफ दिने प्रस्ताव गरेको थियो । तर, प्रतिपक्ष दलहरूले प्रधानमन्त्रीले जवाफ दिनुपर्ने भन्दै संसद् बैठक अवरुद्ध गर्दै आएका छन् ।

Tags

छुटाउनु भयो कि ?