राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिको आह्वानमा सुरु भएको राजावादीको प्रदर्शन निर्धारित स्थानबाट अघि बढ्न खोजेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।
स्थानीय प्रशासनले प्रदर्शनका लागि निर्धारण गरेको तीनकुनेबाट राजावादी समूह नयाँ बानेश्वरतर्फ अघि बढ्न खोजेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो ।
भिडले प्रहरीमाथि ढुंगामुडा पनि प्रहार गरेको छ। यसअघि प्रहरीले भिड नियन्त्रणका लागि पानीको फोहोरा प्रहार गरेको थियो।
राजावादी पक्षको प्रदर्शनको नेतृत्व मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गरिरहेका छन्। सो प्रदर्शनलाई राप्रपालगायत राजावादी दलहरूको समर्थन छ। प्रसाईं पक्षले पनि काठमाडौँको सिनामंगल क्षेत्र र भक्तपुर क्षेत्रबाट र्याली निकालेको छ।