बिजनेस

सुनको मूल्य हालसम्मकै उच्च, कति छ आज तोलाको ?

Lumbinikhabar Online

सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

शुक्रबार प्रतितोला एक हजार चार सय रुपैयाँले बढेर सुनको मूल्यले किर्तिमानी रेकर्ड कायम गरेको हो । बिहीबार प्रतितोला रू एक लाख ७४ हजार आठ सयमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ७६ हजार दुई सय कायम भएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला रू २० बढेर रू दुई हजार ४० कायम भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ७३ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

Tags

छुटाउनु भयो कि ?