• २०८२ साउन ०५, आइतबार ( )
फिल्म र संगीत

नाट​कमा ज​म्दै श्रीदेव भ​ट्ट​राइ, नाटक “आर्थिक ज्ञान”ले प्रसंशा पाउदै

Lumbinikhabar Online

ग्लोबल मनि सप्ताहको अबसर पारेर फोन पे डिजी स्मार्ट नेपाल क्याम्पिएन अन्तर्गत फोन पेको तर्फबाट नेपालका विभिन्न स्थानमा डिजिटल साक्षरता सम्बन्धि लघु नाटिका प्रदर्शन गरिरहेको कलाकारहरुको टोलि बिरगंज तर्फ प्रस्थान गरेको छ ।

काठमाडौ ,ललितपुर, चितवन र हेटौंडाको प्रदर्शन पछि टोलि बिरगंज तर्फ लागेको हो ।

बिरगंज पछि इटहरी , बिराटनगर , लहान ,र जनकपुर पुगेर कुल २८ वटा विद्यालयमा प्रदर्शन गरिने नाटकका लेखक तथा संयोजक लोकराज अधिकारीले जानकारी दिएका छन । नाटकमा अधिकारी सहित अभिनेता श्रीदेब भट्टराई , वरिष्ठ रङ्गकर्मि जेबी डिसी र नाट्यकर्मी शरद न्यौपानेको अभिनय गरेका छन् ।

युवा पुस्तालाई आर्थिक तथा डिजिटल ज्ञान दिने सन्देश समेटिएको नाटककाे निर्देशन डिसीले गरेका हुन् । लेखक अधिकारी दुई दशक भन्दा बढी समयदेखि गिती लेखन र साहित्य अनि नाटक लेखन र अभिनयमा सक्रिय छन् । डिसी र भट्टराई लामो समय देखि चलचित्र र म्युजिक भिडियोमा अभिनय गर्दै आएका लोकप्रिय कलाकार हुन् ।

नाटकले उठाएको बिषय र कलाकारको प्रस्तुतीलाई दर्शक हरुले रुचाएका छन । सान्दर्भिक र उपयोगी सन्देश मार्फत सचेतना फैलाएको भन्दै कतिपय विद्यालयले ” टोकन अफ लभ” दिएर बिदाई समेत गर्ने गरेका छन ।

य​स्तै द​र्श​कह​रु ले नाय​क श्रीदेव भ​ट्ट​राइ को अभिन​य एक्द​मै रुचाएका छ​न । व​हा नाट​कको अभिन​यलाइ द​र्श​कह​रु ले धेरै राम्रो भ​एको र​ य​स्तो नाट​क फेरि फेरि हेर्न​ पाम भ​नेका छ​न ।

Tags

छुटाउनु भयो कि ?