मन्त्रिपरिषदको निर्णयपछि ऊर्जा मन्त्रालयल कुलमान घिसिङलाई पत्राचार गरेर पदमुक्त गरिएको जानकारी दिएको छ । पत्रमा पदबाट हटाउनु पर्नाका १० कारण उल्लेख गरिएको छ ।
अनधिकृत निर्णय, गुटबन्दी र निर्देशन अवज्ञा गरेका कारण पदबाट हटाइएको सरकारले जनाएको छ । विभिन्न प्रशासनिक, कानूनी, नीति–नियम उल्लंघन र कार्यसम्पादनसम्बन्धी कारणहरू देखाउँदै सरकारले कुलमानलाई बर्खास्त गरेको उल्लेख छ ।
यस्तै, संघीय संसद र नेपाल सरकारविरुद्ध सार्वजनिक अभिव्यक्ति दिनु, डेडिकेटेड फिडर तथा ट्रङ्क लाइन ग्राहकहरूको बक्यौता रकम असुल नगर्नु, सञ्चारमाध्यममा गोप्य दस्तावेज सार्वजनिक गर्नु लगायतका कारणले हटाउने निर्णय भएको पत्र कुलमानलाई पठाइएको हो ।
कुलमानलाई किन हटाइयो ? ऊर्जा मन्त्रालयले दियो १० कारण :
१. कार्यसम्पादन मूल्याङ्कन प्रतिवेदन समयमै नबुझाउनु
२. नेपाल–भारत ऊर्जा आदानप्रदान सम्झौतामा अधिकारविहीन हस्ताक्षर
३. नेपाल सरकारको निर्देशन अवज्ञा गर्दै विद्युत खरिद सम्झौता
४. ऊर्जा मन्त्री र सचिवको अनुपस्थितिमा अनधिकृत निर्णय
५. डेडिकेटेड फिडर तथा ट्रङ्क लाइन ग्राहकहरूको बक्यौता रकम असुल नगर्नु
६. अनधिकृत रूपमा विदेश भ्रमण तथा बिदा लिने प्रवृत्ति
७. सञ्चालक समितिका निर्णय कार्यान्वयन नगर्नु
८. सञ्चारमाध्यममा आफ्नो पक्ष सार्वजनिक गरे। यसले उनको पदको दुरुपयोग देखिएको छ।
९. विद्युत प्राधिकरणभित्र गुटबन्दी सिर्जना गर्नु
१०. संघीय संसद र नेपाल सरकारविरुद्ध सार्वजनिक अभिव्यक्ति दिनु