काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन) ले महानगरका कर्मचारीले तलब नपाए सबैलाई टुकुचामा गाडिदिने धम्की दिएका छन् ।
‘काठमाडौं महानगरपालिकाको सरसफाई कर्मचारीले विगत ३ महिनादेखी तलब पाको छैन, सरकारको दम्भले,’ शुक्रबार साँझ सामाजिक सञ्जालमार्फत् मेयर शाहले भनेका छन्, ‘को कोले के के आन्दोलन गर्ने हो, मलाई थाह छैन, अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडदिन्छु !’
मेयर शाहले सरकारकै दम्भका कारण विगत ३ महिनादेखि सरसफाइका कर्मचारीले तलब नपाएको बताए ।