टप खबर

स्ववियु निर्वाचनको नतिजाले प्रचण्ड उत्साहित

Lumbinikhabar Online

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्ववियु निर्वाचनको नतिजाले उत्साहित भएका छन् ।

स्ववियू चुनावको परिणामबारे प्रतिक्रिया जनाउँदै प्रचण्डले अहिलेसम्मको नतिजाले सचेत एवं वौद्धिक युवा वर्ग माओवादी केन्द्रको साथमा रहेको पुष्टि गरेको दाबी गरेका छन् ।

आज बिहान सामाजिक सन्जाल फेसबुकमा प्रचण्डले लेखेका छन्, ‘भर्खरै सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा हाम्रो पार्टी निकट अखिल (क्रान्तिकारी) को पक्षमा देखिएको लहर निकै उत्साहप्रद छ ।’
उनले थप लेखेका छन्, ‘कयौं क्याम्पसमा सत्ता गठबन्धनलाई समेत पराजित गर्दै देशभर प्राप्त नतिजाले भ्रष्टाचार र बेथितिका बिरुद्धको हाम्रो अभियानमा आजका सचेत एवं बौद्धिक युवा वर्ग साथमा रहेको थप पुष्टि भएको छ ।’

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले स्ववियु निर्वाचनमा विजयी सबै विद्यार्थीहरूलाई बधाई र शुभकामना व्यक्त गरेका छन् । माओवादी कमजोर हुँदै गएको विश्लेषण भैरहेका बेला स्ववियू चुनावमा माओवादीको विद्यार्थी संगठनले आफ्नो जबर्जस्त उपस्थिति देखाएको छ ।

Tags

छुटाउनु भयो कि ?