बालुवाटारको ललिता निवास क्याम्प भित्रको सरकारी जग्गा घोटाला प्रकरणमा विशेष अदालतको फैसला त्रुटिपूर्ण दाबी गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।
आयोगले मंगलबार उक्त प्रकरणमा मुछिएका पूर्व उपप्रधानमन्त्री विजय कुमार गच्छदारसहित ११० जनालाई प्रतिवादी बनाउँदै सर्वोच्च अदालतमा पुनारावेदन गरेको हो ।
जसमा गच्छादारलाई ९ करोड ६५ लाख बिगो दाबी गरिएको छ ।
आयोगले कलाधर देउजासहित ११० जनालाई प्रतिवादी बनाउँदै सर्वोच्चमा पुनरावेदन गरेको आयोगका सहसचिव एवम प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । उनका अनुसार जग्गा जफत गर्ने प्रयोजनका ६५ जना आरोपीलाई पनि आयोगले प्रतिवादी बनाएको छ ।
आयोगले २०७६ माघ २२ मा ललिता निवास जग्गा घोटाला प्रकरणमा पूर्वमन्त्री, पूर्वसचिव सहित ११० जनाविरुद्ध बिगो, कैद र जरिवाना तथा ६५ जनालाई जग्गा जफत प्रयोजनमा प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो ।
उक्त मुद्दामा विशेष अदालतले एक वर्ष अघि २०८० फागुनमा फैसला गर्दै केहीलाई सफाइ तथा केहीलाई आंशिक सफाइ दिएपछि उक्त फैसलाविरुद्ध आयोगले सर्वोच्चमा पुनरावेदन गरेको हो ।