टप खबर

आपसी मतभेद छलफलका माध्यमबाट अन्त्य गरेर कांग्रेसलाई जीवन्त बनाउनुपर्ने देउबाको भ​नाइ

Lumbinikhabar Online

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेताहरूबीच देखिएको आपसी मतभेदलाई छलफलका माध्यमबाट अन्त्य गरेर पार्टीलाई जीवन्त बनाउनुपर्ने बताएका छन्।

पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सोमबारदेखि रूपन्देहीको भैरहवामा सुरु गरेको आयोजनामा प्रशिक्षण कार्यक्रममा उनले आपसी मतभेद छलफलका माध्यमबाट अन्त्य गरेर कांग्रेसलाई जीवन्त बनाउनुपर्ने बताएका हुन् ।

‘हाम्रो बीचमा अनेक किसिमका मतभेद हुन सक्छन् । हाम्रो बीचमा कति कुरा नमिलेका हुन सक्छन्,’ सभापति देउवाले भने, ‘ती सबै कुराहरू हामीले आपसमा छलफल गरेर, मतभेद हटाएर पार्टीलाई जीवन्त भाइब्रेन्ट डेमोक्रेटिक पार्टीका रूपमा अगाडि बढाउनु पर्छ ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले कांग्रेसलाई चलायमान बनाउनु नेताहरूको काम नै भएको पनि बताए । ‘हाम्रो काम पनि त्यही हो,’ उनले भने ।

सभापति देउवाले कांग्रेसलाई जीवन्त बनाउन सके देशभित्र पार्टीका प्रतिको आकर्षण बढ्ने र देश बाहिर पार्टीका प्रति सम्मान हुने पनि बताए ।

Tags

छुटाउनु भयो कि ?