प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सक्कली मधेशवादी दल माओवादी मात्रै भएको बताएका छन् । उनले अब मधेशी जनताको मुक्तिको सम्पूर्ण जिम्मा पनि माओवादीले लिने बताए ।
‘जनतासँग माओवादी, तराई-मधेश जागरण अभियान’अन्तर्गत सप्तरीको राजविराजमा शुक्रबार आयोजित स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी र नागरिक समाजका अगुवाहरूसँगको अन्तर्किया उनले यस्तो बताएका हुन् ।
मधेशी जनता मधेशवादको नारामा स्थापित नक्कली मधेशवादी दलको भुलभुलैयाको परेको औल्याउँदै अध्यक्ष प्रचण्डले उनीहरूबाट मधेशी जनताको मुक्ति नहुने प्रमाणित भइसकेको जिकिर गरे । उनले अब वास्तविक मधेशवादी दल माओवादीसँग जोडिनुपर्ने बेला आएको बताए ।
आफूलाई मधेशवादी भन्ने दलहरू जनतातिर नभई प्रतिक्रियावादी दिशा उन्मुख रहेकाले नक्कली मधेशवादी दलसँग सावधान रहन उनले आग्रह गरे ।