खेलकुद

बराबरीसँगै नेपाल र मयानमारले एक–एक अंक बाँडे

Lumbinikhabar Online

फरवार्ड सावित्रा भण्डारी र सविता रानामगरको गोलमा नेपाल घरेलु मैदानमा जारी फोर नेसन्स अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा हारबाट जोगिएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रगशालामा आइतबार भएको समूह चरणको अन्तिम खेलमा म्यानमारसँग २–२ को बराबरी गर्दै नेपाल हारबाट जोगिएको हो। बराबरीसँगै नेपाल र मयानमारले एक–एक अंक बाँडेका छन्।

खेलमा लगातार दुईपटक पछि परेको नेपालले उत्कृष्ट पुनरागन गर्दै हारबाट जोगिएको हो। खेलको छैटौँ मिनेटमा नै नेपाल १–० ले पछि परेको थियो। म्यानमारकी म्यान नाई खिनको फ्री किक प्रहार नेपालकी गोलरक्षक अञ्जना राना मगरले जोगाउन नसक्दा नेपाल सुरुवातमा नै पछि परेको हो।

तर खेलको ११ औँ मिनेटमा सविता राना मगरको गोलमा नेपाल खेलमा फर्किएको हो। सावित्रा भण्डारीले डिबक्स भित्रबाट दिएको क्रसमा सविताले गोल गर्दै नेपाललाई बराबरीमा ल्याएकी थिइन्।

Tags

छुटाउनु भयो कि ?