News in Nepali

रुस-युक्रेन युद्ध रोक्न बेलायत र फ्रान्सले सहयोग ग​रेन: डोनाल्ड ट्रम्प

Lumbinikhabar Online

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनको युद्ध अन्त्यमा लागि बेलायती प्रधानमन्त्री केइर स्टेइमर र फ्रान्सेली राष्ट्रपति एमानुएल म्याक्रोनले केही सहयोग नगरेको आरोप लगाएका छन्।

साथै ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका लागि युद्ध विरामको विकल्प नभएकोमा जोड दिएका छन्। उनले वार्ताको टेबलमा जेलेन्स्कीको आवश्यकता आफूले ठहर नगरेको फेरि प्रष्ट पारेका छन्।

यस बिचमा मध्यपूर्वका लागि ट्रम्पका दूत केइथ केलगको भाषा भने फरक थियो। उनले उनले जेलेन्स्कीलाई उत्साही नेताको रूपमा लिएको बताएका थिए। ट्रम्पले जेलेन्स्कीलाई तानाशाहीको आरोप लगाएपछि केलग र जेलेन्स्कीको वार्ता भएको हो।

जेलेन्स्कीलाई वार्तामा नबोलाएपछि युरोपका धेरै नेताले उनको पक्षमा बोलेका थिए। बेलायती प्रधानमन्त्रीले रुस र युक्रेनको सीमामा सेना पठाएर सुरक्षा गर्नेसमेत बताएका थिए। युरोपेली नेतालाई रुस र अमेरिकाको वार्तामा नबोलाइए पछि उनीहरूको बीचमा बारम्बार छलफल भएको छ। पेरिसमा युरोपेली सम्मेलनको समेत आयोजना भइसकेको छ।

Tags

छुटाउनु भयो कि ?