टप खबर

चुनावपछि महाधिवेशन गर्दा पार्टी नाजुक हुन्छ: डा. शेखर कोइराला

Lumbinikhabar Online

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले चुनावपछि महाधिवेशन गर्दा पार्टी नाजुक हुने बताएका छन् । बिहीबार सुर्खेतमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले समयमै महाधिवेशन गर्नुपर्नेमा जोड दिएका हुन् ।

‘कुनै न कुनै रुपमा विधान अनुसार समयमै हुनुपर्छ । चुनावपछि अधिवेशन ग¥यो भने नेपाली कांग्रेसको अवस्था नाजुक हुन्छ, कमजोर हुन्छ भन्ने कुरा मात्रै हो,’ नेता कोइरालाले भने ।

संस्थापन पक्षले एक वर्ष म्याद थप्ने तयाी गरिरहेका बेला कोइरालाले समयमै महाधिवेशन हुनुपर्ने बताए । ‘म त धेरै पहिलादेखि भनिरहेको छु, हामीहरू समयमा अधिवेशन गरौं । नेपाली कांग्रेसको विधानमा केही अप्ठेरो प¥यो भने एक वर्ष दिएको छ । संविधानले अर्को ६ महिना दिएको छ । यो भनेको डेढ वर्ष हो,’ कोइरालाले भनेका छन् ।

केही दिनअघि कांग्रेस प्रवक्ता प्रकाशशरण महतले १५औं महाधिवेशन ०८२ सालमा असम्भव भएको बताएका थिए । कांग्रेसको विधान अनुसार महाधिवेशन चार वर्षभित्र गर्नुपर्छ । १४औं महाधिवेशन ०७८ मंसिरमा भएको थियो ।

साथै, उनले पार्टी अहिले सबै संस्थापन पक्षको रहेको पनि जिकिर गरे ।

Tags

छुटाउनु भयो कि ?