भारतको राजधानी दिल्लीको नयाँ मुख्यमन्त्रीमा रेखा गुप्ता चयन भएकी छन् ।
बुधबार साँझ दिल्लीस्थित भारतीय जनता पार्टीको कार्यालयमा बसेको विधायक दलको बैठकले नयाँ मुख्यमन्त्रीको रुपमा गुप्ताको नाम घोषणा गरेको हो ।
बैठकपछि पत्रकारसँग कुरा गर्दै भाजपाका नेता रविशंकर प्रसादले भने, ‘रेखाको नाम प्रवेश वर्मा, सतीश उपाध्याय र विजेन्द्र गुप्ताले प्रस्ताव गरेका थिए। नौ जनाले उनको नाम अनुमोदन गरे।’
साथै प्रवेश वर्मा उपमुख्यमन्त्री र विजेन्द्र गुप्ता विधानसभा अध्यक्ष हुने भएका छन् । मुख्यमन्त्रीको शपथ ग्रहण बिहीबार रामलीला मैदानमा हुनेछ ।