प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले तराईका जिल्लाहरूमा अभियान सञ्चालन गर्ने भएको छ।
‘तराई–मधेस जागरण अभियान’ नाम दिएर माओवादीले पूर्व झापादेखि पश्चिम कञ्चनपुरसम्मको कार्यक्रम सार्वजनिक गरेको हो।
पार्टीलाई स्थानीयस्तरसम्म जोड्न, जनता र पार्टी नेतृत्वबीच सम्बन्ध स्थापित गर्न तथा जनताबाट सुझाव संकलन गर्न भन्दै माओवादीले फागुन १२ देखि चैत ७ सम्म कार्यक्रम गर्न लागेको माओवादी केन्द्रीय कार्यालयले जनाएको छ।