नेपालमा बसेर ‘बेटिङ एप्लिकेसन’मार्फत रु डेढ अर्बभन्दा बढीको अनलाइन जुवा खेलाउने २४ भारतीय पक्राउ परेका छन् ।
नेपाल प्रहरी, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–५ बाट सोमबार पक्राउ गरी उनीहरूलाई आज सार्वजनिक गरेको हो ।
पक्राउ परेकाको साथबाट बरामद ल्यापटप तथा मोबाइलको प्रारिम्भक अनुसन्धान गर्दा रु एक अर्ब ६४ करोड ३९ लाख ५७ हजार चार सय ३० बराबरको अनलाइन जुवा कारोबार गरेको भेटिएको कार्यालयका सूचना अधिकारी काजीकुमार आचार्यले जानकारी दिए ।