टप खबर

धेरै षड्यन्त्रको पर्दाफास गरिदिन नपरोस्: प्रधानमन्त्री ओली

Lumbinikhabar Online

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ‘धेरै बकबास गरेर नहिँड्न’ चेतावनी दिएका छन्।

दाङको घोराहीमा नेकपा एमाले जिल्ला कमिटीद्वारा आज आयोजित जनसभामा ओलीले प्रचण्डलाई यस्तो चेतावनी दिएका हुन्।

प्रधानमन्त्री ओलीले चेतावनीको भाषामा भने, ‘माओवादीले तत्कालीन राजा ज्ञानेन्द्रसँग लोकतन्त्र मास्ने र प्रचण्ड प्रधानमन्त्री बन्ने गरी सम्झौता गरेको थियो। त्यस्ता मान्छेले हामीलाई लोकतन्त्रको दुहाइ दिन सुहाउँदैन। धेरै बकबास गरेर हिँड्ने हो भने प्रचण्डका धेरै षड्यन्त्रको पर्दाफास गरिदिन नपरोस्।’

लोकतन्त्र र लोकतान्त्रिक आन्दोलनमा लागेकालाई राजासँग मिलेर मास्छौँ भनेर हिँडेकाहरू अहिले बाध्यताले लोकतन्त्रसँग सम्झौता गर्न आएका र उनीहरू नै लोकतन्त्रका मसिहा बनेका भन्दै उनले प्रचण्डमाथि कटाक्ष गरे ।

सत्ताबाहिर पुगेपछि माओवादी अध्यक्ष प्रचण्डले आत्तिएर अनेक आरोप लगाएको ओलीको तर्क छ । उनले एमालेविरुद्ध आउने कुनै हल्लाको पछाडि नलग्न आग्रह पनि गरे।

Tags

छुटाउनु भयो कि ?