गृहमन्त्री रमेश लेखकले हिजो (शनिबार) पोखरामा बेलुन पड्किएको घटनाबारे छानबिन गर्न समिति बनाएका छन् ।
गृहमन्त्री लेखकको निर्देशनमा जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख भरतमणी पाण्डेको नेतृत्वमा समिति बनेको हो ।
समितिमा सिडिओ पाण्डेसहित तीनवटै सुरक्षा निकायका जिल्ला प्रमुख र एक जना विष्फोटक पदार्थ विज्ञ राखिएको छ । उक्त छानबिन समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउने समय तोकिएको छ ।
बेलुन विस्फोटनमा परेर अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरका प्रमुख धनराज घाईते भएका छन् । उनीहरुको अहिले कीर्तिपुरस्थित् वर्न अस्पतालमा उपचार भैरहेको छ ।