टप खबर

परराष्ट्रमन्त्री आरजु राणा र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेट

Lumbinikhabar Online

ओमान भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा र भारतीय विदेशमन्त्री डा. एस जयशंकरबीच आइतबार भेट भएको छ। परराष्ट्रमन्त्री राणा हिन्द महासागरीय सम्मेलनमा सहभागी हुन ओमानको राजधानी मस्कट पुगेकी छन्।

आइतबार साँझ जयशंकरसँग भेट भएको मन्त्री राणाले जानकारी दिएकी छन्। जयशंकर र आफूले नेपाल–भारत सम्बन्ध सुदृढ गर्ने प्रतिबद्धता गरेको जानकारी मन्त्री राणाले दिएकी छन्।

भेटका क्रममा पछिल्लो समय दुई देशबीचका द्विपक्षीय भेटवार्ता, भ्रमण आदानप्रदान तथा आपसी सहकार्यका विषयमा कुराकानी भएको थियो। हालै काठमाडौँमा सम्पन्न वाणिज्य सचिवस्तरीय तथा भारतको नयाँदिल्लीमा भएको ऊर्जासम्बन्धी बैठक र तिनको प्रगतिका विषयमा पनि उनीहरूबीच कुराकानी भएको थियो।

Tags

छुटाउनु भयो कि ?