टप खबर

अध्यादेश पास गराउन सत्तारुढ दलहरूले प्रलोभन देखाउन थाले: माधवकुमार नेपाल

Lumbinikhabar Online

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले गत पुसमा जारी ६ वटा अध्यादेश पास गराउन सत्तारुढ दलहरूले प्रलोभन देखाउन थालेको बताएका छन् ।

आइतबार पार्टीनिकट समाजवादी प्रेस संगठनको राष्ट्रिय भेलालाई सम्बोधनका क्रममा उनले नेपाली कांग्रेस र नेकपा एमालेमा दम्भ सवार भएको पनि टिप्पणी गरेका छन् ।

‘राष्ट्रिय सभामा संख्या पुर्‍याउन लोभ लालच दिने कोशिश भएको छ । फेरि नयाँ कोशिस जारी छ । हामी सही कुराको समर्थन गर्छौं, गलत कुराको विरोध गर्छौं । सबै कुरा अहिले भन्दैनौँ’, उनले भने, ‘राजनीतिमा कतिपय कुराहरू हुन्छन्, छलफल गर्दै जानुपर्छ । मूल नीति प्रष्ट छ, गलत कुरालाई साथ दिन सकिँदैन ।’

कांग्रेस–एमाले गठबन्धन सरकारले संविधान, ऐन, कानुन मिचेर अगाडि बढिरहेको आरोप पनि उनले लगाए ।

संसदीय समितिमा विचाराधीन विधेयक फिर्ता नलिई अध्यादेश ल्याइएकोमा उनले आपत्ति जनाए । अहिलेको सरकार कानुनको रक्षक हुनुपर्ने भक्षक भएको दाबी गरे । केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले दलाल, पुँजीपति र विचौलियालाई पोस्ने काम गरिरहेको अध्यक्ष नेपालले आरोप लगाए ।

Tags

छुटाउनु भयो कि ?